नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा रहेको बताएकी छिन् ।
अखिल नेपाल महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको समावेशिता सहित एक तिहाई महिला सहभागीता बिषयक अन्तक्र्रियामा शाक्यले अधिकार सहितको समृद्ध नेपाल एमालेबाहेकले बनाउन नसक्ने समेत बताईन । उनले मुलुक बनाउने एमालेको अभिभारलाई पुरा गर्नका लागि पार्टी भित्रको महिला शक्ति शसक्त भएर लाग्नुपर्ने धारणा पनि राखिन् ।
अहिले देखिएको बेतिथी बिकृतिलाई अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नुपर्ने उनको भनाई छ । उनले पार्टीलाई एकतावद्ध र बिचारसहित बिधियुक्त बनाउदै समाजलाई रुपान्तरित गर्न एमालेले मुख्य भूमिका खेल्नुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उग्रताका कुरा गर्ने अन्त्यमा दक्षिणपन्थी अवसरबादको सिकार हुन्छ भन्ने कुरा प्रचण्ड र माधव नेपालमा देखिएको बताए । उनले कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन प्रचण्ड र माधव नेपालले भूमिका खेलेको आरोप पनि लगाए ।
उनले एमालेले अघि सारेको एजेण्डा र लक्ष्यका आधारमा पार्टीलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापीत गर्नुपर्ने धारणा राखे ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय