नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको सभापतिका लागि हुन लागेको दोश्रो चरणको निर्वाचनमा पनि तटस्थ बस्ने प्रतिबद्दता दोहोराएका छन् ।
पहिलो चरणको निर्वाचन सकिए लगतै मंगलबार महाधिवेशन प्रतिनिधिहरुलाई लैनचोर स्थित एक पार्टी प्यालेसमा चियापानका लागि बोलाएका पौडेलले आफु समर्थक प्रतिनिधिहरु समक्ष आज पनि आफ्नो अडानमा अडिक रहेको भन्दै अहिले पनि पार्टी संकटमा रहेको र अहिले देखिएका पात्रहरु आफुलाई उस्तै उस्तै लागेको भन्दै आफु तटस्थ रहने बताए ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाभन्दा ६ सय मत अन्तरले पछि परेका अर्का उम्मेदवार प्रत्यक्षी शेखर कोइरालाको पक्षमा समर्थन आउन सक्ने आशामा गएका उनका कार्यकर्ताहरुले नेता पौडेलको अभिव्यक्ति सुनेपछि होहल्ला गरेका थिए । उनीहरुले पौडेलको भूमिका स्पष्ट र खुल्ला हुनुपर्ने भन्दै माग गरेपनि पौडेलले आफ्नो अडान दोहोराउदै आफु पार्टी, मुलुक र राष्ट्रिय राजनीतिबाट अलग नभएको र केवल महाधिवेशनको प्रक्रियाबाट मात्र अलग भएको बताए ।
संस्थापन इतर समुहबाट साझा उम्मेदवार बन्ने अपेक्षाका साथ केहि समय अगाडी मैदानमा उत्रेका पौडेलले आफ्नै समूहका नेताद्वय कोइराला र प्रकाशमान सिंहको चट्टानी अडान समू घुडा टेक्दै चुनावी प्रतिष्पर्धाबाट अलग रहने घोषणा सहितको बक्तव्य निकालेका थिए । जसनुरूप पौडेल हिजो सम्पन्न पहिलो चरणको मतदानमा अनुपस्थित रहे ।
पहिलो चरणमा भएको मतपरिणाम अनुसार बिधानको व्यवस्था बमोजिम मैदानमा रहेका देउवाले ८२ मतको अभावमा पहिलो चरणमा सभापति भन्न सकेनन भने उनका निकटम प्रतिद्वन्दीले भने १७ सय २९ मत ल्याएका छन् । बिधान बमोजिम दोश्रो चरणमा हुन लागेको निर्वाचनका लागि हिजो खसेको मत परिणाम कायम रहेमा देउवाका लागि ८२ मत भए पुग्छ भने कोइरालाका लागि ६११ मत आवश्यक पर्दछ ।
कोइरालाले ल्याउनु पर्ने मत अन्तर र देउवाका लागि अपुग मतको अन्तर हेर्दा अर्का उम्मेदवारद्वय प्रकाशमान र बिमलेन्द्र निधिको मत सोलोजोला कोइरालाले ल्याउनु पर्ने बाध्यता छ भने देउवाका लागि छुटपुट मत तान्दा पनि जीत निकाल्न सहज बनेको स्थिति छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय