हिमाल दैनिक
१२ बर्षमा खोला फर्कियो, सिंह र देउवा एकै ठाउँमा
266004427_10159917102177329_6441660576765894626_n
१२ बर्ष अघि शेरबहादुर देउवासंग रुष्ट भएर कित्त्ता परिवर्तन गरेका नेता प्रकाशमान सिंहले देउवासंगै हातेमालो गर्न पुगेका छन् । सोमबार भएको कांग्रेस सभापतिको निर्वाचनमा निर्णायक तेस्रो स्थान ओगटेका नेता सिंहले दोश्रो चरणको निर्वाचनमा वर्तमान सभापति देउवालाई समर्थन गर्ने जनाएपछि उनीहरु बीच १२ बर्ष अघि फाटेको मनको दुरी साघुरिएको छ । मंगलबार पहिलो चरणको मत परिणाम सार्बजनिक भए लगत्तै सिंहलाई चाक्सीबारी पुगेका देउवालाई देशभरिका अधिकांश प्रतिनिधिहरुले मत दिएर पहिलो स्थानमा राखेको बताउदै उक्त मतको भवनको कदर गर्ने आफ्नो टिममा उपसभापति र महामन्त्रीका उम्मेदवार बनेका नेता सुजाता कोइराला र विश्वप्रकाश शर्मा संगको परामर्शपछि दोश्रो चरणमा आफुहरुको समर्थन देउवालाई नै हुने बताए । उनले आफ्नो समुहले पार्टी भित्र परिवर्तनको मुद्दा उठेर उम्मेदवारी दिएको बताउदै सभापति देउवाले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने र पार्टी भएको कमीकमजोरी सल्लाह गरेर अघि जाने बताएपछि देउवालाई समर्थन गरेका बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update