हिमाल दैनिक
दोश्रो चरणमा आफुलाई मत दिन शेखरको अपिल
shekhar-koirala
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा हुन लागेको दोश्रो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले आफु चुनाव लड्न घोषणा गरेका छन् । केहि समय अघि कोइरालाले पत्रकार सम्मेलन गर्दै आफ्ना उम्मेदवार शेरबहादुर देउवासंग चुनाब लड्ने बताएका हुन् । उनले मतदाताहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न अनुरोध गरेका छन् । उनले भने, “मन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । उनले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए । उनले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान पनि गरे । कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने धारणा राखे । कोइरालाले आफुले रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको भन्दै देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्ने उल्लेख गरे । पहिलो चरणमा भएको मतपरिणाम अनुसार बिधानको व्यवस्था बमोजिम मैदानमा रहेका देउवाले ८२ मतको अभावमा पहिलो चरणमा सभापति भन्न सकेनन भने उनका निकटम प्रतिद्वन्दी कोइरालाले भने १७ सय २९ मत ल्याएका छन् । बिधान बमोजिम दोश्रो चरणमा हुन लागेको निर्वाचनका लागि हिजो खसेको मत परिणाम कायम रहेमा देउवाका लागि ८२ मत भए पुग्छ भने कोइरालाका लागि ६११ मत आवश्यक पर्दछ । त्यस्तै पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई नै समर्थन गर्ने बताई सकेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update