नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थपनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको बैंकले २५ औं वर्षमा पार गरेको हो ।
२८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । जसबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।
मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकीङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरे । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।
समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए, साथै यस कम्पनीका संचालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे ।
बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन्।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय