कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा पराजित भएका मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजिनामा दिएका छन् ।
बिहिबार मतगणनाको नतिजा आएपछि पत्रकार सम्मेलन गर्दै नेता रिजालले भावुक मुद्रामा अहिले तत्कालका मन्त्री पद त्यागेको र आगामी दिनको बारेमा पनि सोच विचार गरेर अघि बढ्ने बताएका छन् । उनले यो परिणामले आफुलाई सन्देश दिएको र आफैले आफूलाई झुटो बोलेर सान्त्वना दिन नसक्ने बताए।
त्यस्तै, यो अवस्थामा राजिनामा नदिंदा हिजो शशांक कोइरालाको शिफारिशमा रक्षा मन्त्री बन्यो तर, उनलाई सभापति बनाउने काम निष्ठापुर्वक नलागेको र अझै मन्त्री पद नछोडेको भन्दै कुरा आउन सक्ने रिजालले तर्क दिए ।
त्यस्तै उनले निर्वाचन हारेर राजनीतिक सम्पति गुमाएर जस्तो अनुभव भएका कारण मन्त्री पदबाट राजिनामा दिएको बताए ।
मतगणनाको नतिजा अगावै पराजित हुने चाल पाएका रिजालले अन्तिम मतपरिणाम अघि नै राजिनामा दिने घोषणा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय