
बलिउडमा अभिनेताहरु रोलको डिमाण्ड अनुसार आफ्नो लुक्स परिवर्तन गर्दै आइराखेका छन्। त्यसका लागि उनीहरुले कहिले आफ्नो कपाल छोटो गर्छन भने कहिले कपाल लामो गरेका हुन्छन । फिल्मको किरदारका लागि केहि अभिनेताहरुले कपाल नै खौरिएका छन् । बलिउडमा फिल्मका लागि कपाल खौरिएका अभिनेताहरु जुन सुपरहिट बन्यो:
अक्षय कुमारले साजिद खानको फिल्म हाउसफुल-४ मा बिना कपाल देखिएका थिए । उनको 'बाला ओ बाला' गीत सुपरहिट बनेको थियो ।
संजय लिला भन्सालीको फिल्म बजिराव मस्तनीमा अभिनेता रणवीर सिंहले आफ्नो कपाल मुन्डन गरेका थिए । यो फिल्म त्यसबेला ब्लॉकबस्टर साबित भयो । यस फिल्मका लागि रणवीरले बेस्ट एक्टरको अवार्ड पनि पाएका थिए ।
संजय दत्तले कारण जोहरको फिल्म अग्निपथका लागि कपाल मुन्डन गरेका थिए । सन् १९९० को रिमेक अग्निपथको कान्चा चीनाको किरदारका लागि संजय दत्तले कपाल मात्र नभई आखिभौं पनि काटेका थिए । सन् २०१२ मा रिलिज भएको यो फिल्म सुपरहिट सपित भएको थियो ।
विशाल भारद्वाजको फिल्म हैदरका लागि शहिद कपुरले पनि कपाल काटेका थिए । सन् २०१४ को क्राइम ड्रामा फिल्म हैदर शहिदको फिल्मी करियारमा सुपरहिट फिल्म पनि हो । यसका लागि शहिदलले फिल्मफेयर अवार्ड पनि पाएका थिए ।
अनुराग कश्यपको कल्ट फिल्म ग्यांग अफ वासेपुरमा सरदार खानको भूमिका लागि मनोज बाजपायीले कपाल खौरिएका थिए । यो फिल्म बक्स अफिसमा नै तहल्का मचाएको थियो । ९.२ करोडको लगानीमा बनेको ग्यांग अफ वासेपुर-१ र ग्यांग अफ वासेपुर-२ ले ९८ करोडको कारोबार गरेको थियो ।
गजनी फिल्ममा अमिर खानले पनि कपाल खौरिएका थिए। यो फिल्म सन् २००८ कै सुपरहिट फिल्म साबित भएको थियो । फिल्मले बक्स अफिसमा २८२ करोडको कमाइ गरेको थियो।
अक्षय कुमार

रणवीर सिंह

संजय दत्त

शाहिद कपूर

मनोज बाजपायी

अमिर खान

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय