प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले आफुहरुको मागका बिषयमा अझै पनि सुनुवाई नहुनु दुखद भएको बताए । प्रतिनिधिसभाका यसअघिका आफ्ना सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद चल्न नसक्ने उनको भनाई छ । उनले यसअघि भ्रष्टाचार भयो भन्नेहरु अहिले बोल्न नसकेको भन्दै एमाले नेतृत्वको सरकारलाई भ्रष्टाचारको मिथ्या आरोप लगाएको पुष्टि भएको तर्क गरे । दाहालले सत्तापक्षले प्रतिपक्षीसंग बार्ता गर्न नचाहेको बताए ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि आग्रह गर्नुभएको थियो । देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गर्न उहाले आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा रहेका बिषयलाई हटाई अर्को सूचना जारी नभएसम्मका लािग बैठक स्थगीत गरे ।
माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नसकेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्