हिमाल दैनिक
गठबन्धन टुटे ओलीले एमसीसी पास गर्न दिने रे, यो लोकतान्त्रिक हो ? अध्यक्ष दाहाल
pushpa-kamal-dahal-prachanda (4)
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गठबन्धन टुटाउनका लागि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव राखेको बताएका छन् । पुष ५ का सन्दर्भमा समाजवादी प्रेस सङ्गठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलार्ई एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न दिने प्रस्ताव राखेको बताए । “गठबन्धन टुटे एमसीसी पास गर्न दिने भन्नु भएको छ । यो लोकतान्त्रिक हो ? निरन्तर प्रतिगमनको प्रयास गरिरहनुभएको छ,” अध्यक्ष प्रचण्डले भने, “गठबन्धनलाई बलियो बनाएर प्रतिगमनलाई परास्त गर्न निर्णायक हुन्छौं ।” प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्न कुनै सम्झौता नगर्ने बताएको जिकिर गरे । यसअघि संसद बिघटन गरको केपी ओलीले अहिले पनि संसद अवरोध गरेर प्रतिगमनकै बाटोमा रहेको पुष्टि गरेको उनको भनाई छ । प्रचण्डले सदनमा एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको भन्दै एमालेको अवरोधका कारण बिभिन्न बिधेयकहरु नै अघि बढ्न नसकेको धारणा राखे । उनले माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै आलोचन गरे ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update