हिमाल दैनिक
ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ: अध्यक्ष नेपाल
madhav-nepal
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार लामो समयसम्म चल्ने दावी गरेका छन् । पुष ५ का सन्दर्भमा समाजवादी प्रेस सङ्गठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपाललेआगामी निर्वाचनमा एकल बहुमत ल्याउछु भन्दै केपी ओलीले फुर्ति लगाएको भन्दै नेपालले ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुने बताएका हुन । उनले मुलुकलाई पछाडी ढकेल्ने सपना नदेख्न सुझाव दिए । उनले पुष ५ गते राजनीतिमा कालो दिन भएको बतेका छन् । “आजको दिन कालो दिन हो । नेपालको राजनीतिमा, नेपाली क्यालेन्डरमा पुस ५ गते कालो दिनको रूपमा अंकित भएको छ । बिडम्वना के छ भने यो अरू कसैले सिर्जना गरेको होइन । कम्युनिस्ट पार्टीको आवरण ओडेर, कम्युनिस्ट पार्टीको नेताका रूपमा प्रस्तुत भएर,” उनले भने,“मुलुकलाई प्रतिगमनको दिशामा धकेल्ने काम अहिले आफूलाई बडो बामपन्थीको रूपमा प्रस्तुत गर्न चाहने एमालेका अहिलेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले आजको दिन निम्त्याउनुभएको हो ।” त्यस्तै जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले देशभित्र र बाहिर प्रतिगामीशक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिए । उनले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए । कार्यक्रममा कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशलाई समृद्धिको दिशामा लैजानेतर्फ सबैले अग्रसर हुनु आवश्यक रहेको बताए । पाँच दलीय गठबन्धनले ओलीको प्रतिगमनलाई परास्त गरेको भन्दै उनले आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने दायित्वतर्फ उन्मुख हुनुपर्ने धारणा राखे । नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दिन, पुस ५ लाई कालो दिनका रुपमा मनाएको हो ।  
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update