हिमाल दैनिक
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्। कूल ४६७९ खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भइन्। नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मत परिणाम सार्वजनिक भएको छ । सोमबार भएको मत गणना अनुसार ३० जना मध्य ९ जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मतगणना अनुसार ४६७९ मत मध्य डिला संग्रौला सबै भन्दै बढी मत ल्याएकी छिन् उनले २८८५ मत पाएकी छिन् भने पुष्प भुसालले २६ ७८, आरजु रानाले २५३६ अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५, सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update