प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दैछ । त्यसअघि संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा सभामुख अग्नि प्रसाद सापकोटाले कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
सरकारले यसै चालु अधिवेशनमा एमसीसी पेश गर्ने पक्षमा रहेको छ । मंगलबारको बैठकको सम्भावित कार्यसूचीमा भने आज दुई अध्यादेश प्रस्तुत हुँदैछन्। सम्भावित कार्यसूची अनुसार बैठकमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने र यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुँदैछन्।
यस अघिको अधिवेशनदेखि संसद अबरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यो दशौ अधिवेशन पनि बैठक अघि बढ्न नदिने रणनीतिमा बसेको छ । १० औं अधिवेशनको पहिलो बैठक मंगसिर २८ गते बसेको थियो । उक्त बैठकमा पनि एमाले सांसदहरुले नारावाजी जारी राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय