भारतमा कोरोनाको नयाँ भेरीएन्ट तीब्र रुपमा फैलिएको छ । भारतमा ५ दिनमा नै ओमिक्रोन संक्रमितको संख्या ४ गुणा बढेर गएको छ ।
मंगलबार साँझसम्म भारतमा २१६ जना ओमिक्रोनको संक्रमण देखिएको छ । १०० केस पुग्न १५ दिन लागेको भारतमा अहिले ५ दिनमा नै २०० भन्दा बढीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म १४ राज्यमा यो संक्रमण देखिएको छ । महाराष्ट्रमा ओमिक्रोन संक्रमितको संख्या बढी छ । त्यहा अहिले सम्म ६५ जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै भारतको राजधानी दिल्लीमा अहिले सम्म ५४ जनामा यो भेरीएन्ट देखिएको छ ।
महाराष्ट्र- ६५
दिल्ली- ५४
तेलंगाना- २०
कर्नाटक- १९
राजस्थान- १८
केरल- १५
गुजरात- १४
जम्मू कश्मीर- ३
उड़ीसा- २
यूपी- २
तमिलनाडु- १
आंध्र प्रदेश- १
प. बंगाल- १
चंडीगढ़- १
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय