हिमाल दैनिक
विवेकशील साझा पार्टीबाट रञ्जु दर्शनाले दिईन राजिनामा
ranju-darshana
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएकी छिन् । बिहिबार रञ्जुले पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई पत्र लेख्दै पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी हुन् । उनले पत्रमा भनेकी छिन्, 'वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।' उनले विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक पार्टीको खोल ओढेको आरोप लगाएकी छिन्। 'मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछु।' रञ्जुले पत्रमा लेखेकी छिन् ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update