नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आज शुरू हुँदैछ ।
राष्ट्रिय सम्मेलन भन्दै आएपनि माओवादीले शनिबार बेलुका अन्तिम समयमा आएर राष्ट्रिय महाधिवेशन नामाकरण गरेको हो । अब यसलाई औपचारिकता महाधिवेशन अघि आजै बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । उक्त बैठकले राष्ट्रिय सम्मेलनलाई आठौ महाधिवेशनमा रुपान्तरण गर्ने आपचारिक निर्णय गर्नेछ ।
महाधिवेशन आज दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुनेछ । तर, महाधिवेशन अघि केन्द्रिय कमिटिको बैठक बसेर निर्णय गर्ने भएकोले उद्घाटन कार्यक्रम ढिलो हुने देखिएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
माओवादीले पुस ११ र १२ गते काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय