हिमाल दैनिक
राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुँदैन: अध्यक्ष नेपाल
madhav-nepal
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । आइतबार माओवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियताको बिषयमा दलहरुबीच एकता आवश्यक भएपनि राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य नहुने बताएका हुन् । अध्यक्ष नेपालले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै अव जनतालाई अब सुशासन दिनुपर्ने जिकिर गरे । नेपाललाई अगाडि बढाउने पर्याप्त स्रोत साधन रहेको भन्दै उनले सवैभन्दा पहिला मुलुकको भ्रष्टचार अन्त्य गर्नुपर्नेमा जोड दिए । नेपालको इतिहास अब पछाडि नफर्किने तर नेताहरूले पनि जनताको विश्वास जित्न नसकेकाले यसको समिक्षा गर्नुपर्ने बताए । अध्यक्ष नेपालले नयाँ नेपाल निर्माण गर्ने विषयमा वृहत्तर छलफल गर्न जरुरी रहेको पनि धारणा राखे ।  
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update