हिमाल दैनिक
एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न प्रधानमन्त्री देउवाको सुझाव
sher-bahadur-deuba (9)
प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए । आफुपनि राष्ट्रबादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफुलाई आवश्यक नरहेको उनको भनाई छ । उनले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए । “एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ?,” उनले भने, “म पनि देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त ? नेपालको हितमा छ सित्तैमा आएको पैसा हो बुझ्नुपर्‍यो क्या !” उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गरे। देउवाले संसद बचाउदै यसलाई पूर्व अवधि चलाउनका गठबन्धन निर्माण भएको बताए । उनले अब संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे । उनले गठबन्धनलाई चूनावपछि पनि निरन्तरता दिन तयार रहेको बताएका छन् । देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चूनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए । समावेशी समानुपातीक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update