हिमाल दैनिक
सिरहामा बिहानदेखि निषेधाज्ञा जारी
siraha
सिरहामा आज बिहानदेखि निषेधाज्ञा जारी गरिएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पुर्बपश्चिम राजमार्गमा केही दिनदेखि आमहडताल र चक्काजामलाई जारी राख्दै आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा आदेश जारी गरेको हो । बिज्ञप्ति अनुसार पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज -पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ । तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम निषेधाज्ञा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । किसानलाई नियन्त्रणमा लिएको भन्दै जनमत पार्टीले विभिन्न मागसहित जिल्लामा बन्द हडताल गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update