हिमाल दैनिक
इतिहासमा आज: १४ बर्षअघि पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या
benazir bhutto
पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गरिएको आज १४ बर्ष पुरा भएको छ । सन् २००७ २७ डिसेम्बरकै दिन भुट्टोको हत्या गरिएको थियो । उनको हत्यासंग सम्बधित मुद्दा अहिले पनि लाहोर हाइकोर्टमा जारी छ। यो १४ बर्षमा पाकिस्तानमा बिभिन्न पार्टीले सरकारको नेतृत्व गरेपनि भुट्टोको हत्याको पछि को थियो र किन मारियो भन्ने कुरा अझै पत्ता लागेको छैन । मुस्लिम राष्ट्रहरुमा प्रधानमन्त्री बन्ने बेनजिर भुट्टो पहिलो महिला हुन् । हत्याको दिन उनि रावलपिंडीमा एक चुनाबी र्यालीलाई सम्बोधन गरेर फर्किदै थिइन् । त्यही बेला आक्रमणकारीले उनको गाडी नजिकै आएर उनिमाथि गोली प्रहार गरि आत्मघाती बम बिस्फोट गरेको थियो । उक्त बिस्फोटमा भुट्टोसहित पार्टीका २० कार्यकर्ताको ज्यान गएको थियो भने ७१ जना घाइते भएका थिए । [caption id="attachment_29988" align="alignnone" width="976"] GETTY IMAGE[/caption] भुट्टो दुई पटक पाकिस्तानकी प्रधानमन्त्री बनिन । पहिलो पटक १९८८ देखि १९९०, दोश्रो पटक १९९३ देखि १९९६। तेस्रो पटक प्रधानमन्त्री बन्न उनि चुनाबी माहोलमा होमिएकी थिइन् । प्रचार प्रसारका लागि हिडेकै समयमा भुट्टोको हत्या गरिएको थियो । भुट्टोमाथि हमला गर्ने सईद ब्लाकेलले आत्माघाती हमला गरेका थिए । सुसाइड बमको प्रयोग गरेका ब्लाकेल पनि उक्त हमलामा मारिए । भुट्टो हत्याकाण्डमा १६ जनालाई आरोपी बनाइयो, ३५५ पटक पेस्की तोकियो, १० न्यायाधिश फेरीए , ११४ जनाले गवाही दिए तर केवल ८ जनालाई मात्र पक्राउ गरिएको छ । हमला गर्ने मुख्य आरोपी तलिबानी कमान्डर बैतुल्लाह महसूद अमेरिकी ड्रोन हमलामा मारिए । अन्य पांच आरोपी नादिर खान उर्फ कारी, नसरुल्ला, अब्दुल्ल्ला उर्फ सद्दाम, इकरामुल्लाह, फैज मोहम्मद कास्कत पनि बिभिन्न हमलामा मारिए । भुट्टो हत्यकाण्डपछि पाकिस्तान पिपुल्स पार्टीको सरकार बन्यो । भुट्टोको श्रीमान असिफ अलि देशको राष्ट्रपति बने । देशको राष्ट्रपति बनेपछि पनि उनले आफ्नो पत्नीको हत्यारा पत्ता लगाउन सकेनन् । तत्कालीन राष्ट्रपति जनरल परवेज मुशर्रफले भुट्टोमाथि हमला गर्न खोजेको पनि आरोप लागेको थियो । सन् २०१३ मा पाकिस्तान अदालतले त्यसपछि मुशर्रफ, पुर्व पुलिस अधिकारी (सीपीओ) सऊद अजीज र अधीक्षक (एसपी) रावल खुर्रम शहजादलाई गिरफ्तार गरिएको थियो । सन् २०१३मा पाकिस्तानी अदालतले उनिहरुमाथि सजाय पनि सुनाएको थियो तर सन् २०१६ मा मुशर्रफ पाकिस्तान छोडेर भागेपछि उनलाई भगोड़ा घोसित गरिएको थियो । भुट्टो हत्याकाण्डमा आरोपी र अभियोगको अपिल लाहोर हाइकोर्टको रावलपिंडीमा चार बर्ष देखि जारी छ । सन् २०२२ फरवरीको अन्तिम हप्तामा यसको सुनुवाई हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update