नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवशेनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोे राजनीति प्रतिवेदनमा राम कार्कीले पूरक प्रस्ताव पेश गरेका छन्।
यसअघि सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार कार्कीले पूरक प्रस्ताव पेश गरेका हुन् । कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब दिएका छन् ।
त्यस्तै उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गरेका छन् । उनले प्रचण्डको दस्तावेजमाथि चित्त नबुझेर फरक दस्तावेज राखेको नभई कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी गराउन दस्तावेज राखेको बताए । उनले आफ्नो दस्तावेजलाई पार्टीको सम्पतीका रुपमा राखिनुपर्ने तर्क गरे । संघीयता मुल अर्थमा अझैपनि लागू हुन नसकेको बिषयले आफुले पुरक प्रतिवेदनमा राखेको उनले जानकारी दिए ।
कार्कीको प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने सैद्धान्तिक प्रश्न, तत्काल गर्नुपर्ने काम र धारणाका पक्षमा थप आधार लगायतका विषयहरू समेटिएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय