नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ ।
महाधिवेशनमा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजीनितिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत गरेको प्रतिवेदनमा १०० धन कुबेरहरु मिले बिश्व नै खरिद गर्न सक्ने उल्लेख गरेका छन् । अध्यक्ष दाहालले उल्लेख गरे अनुसार बिश्व नै खरिद गर्ने प्रथम १० धन कुबेरहरु को को हुन् त?:
१. बेनार्ड अर्नल्ट
फ्रान्सेली नागरिक अर्नल्टको कुल १६६.३ बिलियन डलरको सम्पति रहेको छ। उनको एक व्यापारी, लगानीकर्ता हुन् ।२.जेफ बेजोस
एमेजोन कम्पनिका मालिक वेनोसको १८६ बिलियन डलरको सम्पति रहेको छ ।
३. एलेन मस्क
दक्षिण अफ्रिकामा जन्मिएका क्यानडेली-अमेरिकी मस्क टेस्ला कम्पनिका मालिक हुन् भने स्पेसएक्सको संस्थापक पनि हुन् । उनको १४७.३ बिलियन डलरको सम्पति रहेको छ ।४. बिल गेट्स
माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सको १२५.५ बिलियन डलरको सम्पति रहेको छ ।५. मार्क जुकरबर्ग
फेसबुक कम्पनिको मालिक जुकरबर्गको ११४.७ बिलियन डलरको सम्पति रहेको छ ।६. वारेन बफेट
विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्येका एक बफेटको १०८.७ बिलियन डलरको सम्पति रहेको छ ।७. ल्यारी एलिसन
सफ्टवेर कम्पनि ओरेकल कर्पोरेशनकाका मालिक एलिसनको १०२.३ बिलियन डलरको सम्पति रहेको छ ।८. ल्यारी पेज
विश्व प्रसिद्ध गुगलका सह-संस्थापक १०० बिलियन डलरको सम्पति रहेको छ ।९. सर्जी ब्रिन
विश्व प्रसिद्ध गुगलका सह-संस्थापक ब्रिन ९७.१ बिलियन डलर सम्पति रहेको छ ।१०. अमनिओ ओर्टेगो
इन्दिटेक्स फेसन कम्पनिका मालिक ओर्टेगोको ८९ बिलियन डलर सम्पति रहेको छ ।प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय