हिमाल दैनिक
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताए । पार्टीको नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,“ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update