नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहले निष्कर्ष सुनाएका छन् ।
बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा २५ समूहमध्ये ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छलफल स्थगित गरिएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
उनका अनुसार बुधबार प्रदेश १ को दुई समूह, प्रदेश २ को एक समूह, बागमति प्रदेशको दुई समूह मध्ये एक समूह , गण्डकी प्रदेशको एक समूह, कर्णाली प्रदेशको एक समूह, सूदुरपरिश्चम प्रदेशको एक समूह र बिभाग, प्रवास, सल्लाहकार र आयोगको समूह निष्कर्ष पेश भएको छ ।
प्रस्तुत सुझावमा फरक मत नआएको र बिभिन्न बिषयमा सुझाव पेश भएको प्रवक्ता महराले जानकारी दिए । बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलपलको निष्कर्ष सुनाउने र अध्यक्षले जवाफ दिने उनले बताए । उनले शुक्रबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुने जानकारी दिए ।
पदाधिकारी सहित केन्द्रीय समिति चयनका लागि महाधिवेशन केहि दिन लम्विने बताए ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय