हिमाल दैनिक
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । बैठकले प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (केन्द्रीय कार्यालयका मुख्य सचिव), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (रुपन्देही), कर्णालीमा दुर्गाकुमारी पुन (सुर्खेत) र सुदूरपश्चिममा नारायणदत्त मिश्र (कन्चनपुर) लाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए । उनले सवै मापदण्डका आधारमा उम्मेद्वार छनौट गरेको बताए। कांग्रेसको विधानमा संघीय सांसद उम्मेदवारको निर्णय संसदीय समितिले गर्ने उल्लेख भए पनि समिति गठन नभएकोले केन्द्रीय कार्य समितिबाट उम्मेदवारको टुंगो लगाएको हो ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update