हिमाल दैनिक
प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा बढ्दो कोरोना संक्रमणका कारण भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । समिट स्थगित भएको औपचारिक पत्र भने नआएपनि भारतीय संचार माध्यम आएनआईले कार्यक्रम स्थगित भएको समाचार आएपछि प्रधानमन्त्री कार्यलय र परराष्ट्रमन्त्रालयले भ्रमण स्थगित गर्ने तयारी गरेको छ । १० जनवरीदेखि सुरु हुने समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update