राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि बिभेद नगरेको स्पष्ट परेका छन् ।
बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको सपथ गराउदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफुले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताएका हुन् ।
मनोयनका बिषयमा केहि भ्रम आएको भन्दै उनले आफुले बिधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने जिकिर गरे ।
त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्धा संगसंगै मुलुकको अन्य मुद्धालाई स्थापीत गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए ।
उनले जनतालाई विश्वास लिएर राजसंस्था, हिन्दुराष्ट्रको मुद्धालाई अघि बढाइने जिकिर गरे ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय