हिमाल दैनिक
धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ: मन्त्री आले(भिडियो)
prem-ale
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको स्थलगत निरिक्षण गरेका छन् । यसअघि भारत सरकारले अनुदानमा बनाइदिइएको धर्मशालामा वतास समूहले हाटेल सञ्चालन गरेको पाइएपछि मन्त्री आलले निरिक्षण गरेका हुन् । सो क्रममा मन्त्री आलले होटलको प्रत्येक कोठाको निरिक्षण गरेका थिए भने कोठाको दर रेटका बारेमा जानकारी लिएका थिए । निरिक्षणपछि मन्त्री आलेले आफूले नसोचेको कुरा पाएको र धर्मशाला कुनै सात तारे होटल भन्दा कम नदेखिएको बताए । यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने उनले बताए । मन्त्री ओलेले छानबिनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए । आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको भन्दै आफ्नै पार्टीको भए पनि सरकारी सम्पती दुरुपयोग हुन नदिने स्पष्ट पारे । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा बनाइएको धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उदघाटन गरेका थिए । तर धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update