हिमाल दैनिक
सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतसंग आग्रह गर्दै आएको जनाएको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको बताए । उनले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । दुईदेशबीचको सीमा समस्याको समधान ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update