हिमाल दैनिक
नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गरिने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले यसअघि विविध कारणबस पार्टीको १४औं अधिवेशन अघि अधिवेशन हुन सकेका र त्यसपछि माघमा गरिने भनिएपनि कोरोना संक्रमणको तेस्रो लहरका कारण अनिश्चित कालका लागि स्थगित गरिएका १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरेको हो। त्यस्तै अधिवेशन हुन बाँकी रहेका अन्य कुनै पनि तहको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने सहितको प्रतिवेदन कार्यसम्पादन समितिको बैठकमा पेश भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए। शुक्रबारको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे कुनै निर्णय हुन सकेन। भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान बैठकमा पेश र विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिने प्रवक्ता महतले जानकारी दिए। भ्रातृ संस्थाबारे थप अध्ययन गर्न शनिबार बैठक नराखी आइतबारको बैठकबाट निर्णय लिन लागिएको महतले बताए। महतले एमसीसीलाई संसदमा पेश गरेर पारित गर्नुपर्ने धारणा नै कांग्रेसको आधिकारीक धारणा रहेको पनि बताए। आसन्न स्थानीय तह निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको विधान र नयाँ नेतृत्वदेखि विभिन्न ९ विषयमा छलफलका लागि बिहिबारदेखि सुरु भएको कार्यसम्पादन समिति बैठकमा बोल्ने सदसयहरुको संख्या बाँकी नै रहेपछि शुक्रबारको बैठकलाई निरन्तरता दिँदै आइतबार पुनः २ बजे बस्ने भनिएको छ।  
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update