नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ ।
एमसिसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकता बिपरित रहेको भन्दै उनीहरुले काठमाडौं लगाएत देशभर प्रदर्शन गरेका हुन् ।
काठमाडौंमा माइतिघरदेखि बानेश्वरसमम बिरोध र्याली निकालिएको थियो । कालोपट्टी सहित बिरोधमा उत्रेका प्रदर्शनकारीले एमसीसी खारेज गर, बैदेशिक हस्तक्षेप अन्त्य गर , एमसीसी चाइदैन देश बेच्न पाइदैन लगाएतका नारावाजी सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
एमसिसीको विरोधमा यतिबेला विभिन्न राजनीतिक दल र तीनका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन् । नेपालमा एमसिसीको विषय पछिल्लो समय थप पेचिलो बन्दै गइरहेको छ । एमसिसी संसदमा टेबल गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय