प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार र नेपाली जनताको अधिकारमाथिको प्रहार भएको निष्कर्ष निकालेको हो ।
सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको एमाले निष्कर्ष रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई ढकेल्ने षयडन्त्रस्वरुपपनि आएको हुन सक्ने बताए ।
महासचिव पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिए । महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय गर्ने समेत बताए ।
त्यस्तै एमालेले सोमबार संसदीय दलको बैठक समेत बोलाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय