पटक पटक मिति तोक्दै र विभिन्न कारण देखाउँदै स्थगित भएर पछिल्लो पटक फागुन १३ गतेका लागि तय गरिएको नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशनको मिति पुनः फेरिएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकपछि बिहिबार जारी विज्ञप्ति अनुसार, पार्टी नेतृत्व र केन्द्रीय कार्यसम्पादन समितिको बैठकको अनुरोधमा निर्वाचन समितिले यसअघि फागुन १३ गतेका लागि तय गरिएको १६ जिल्लाको जिल्ला अधिवेशन दुई दिनपछि धकेलिएको छ।
समितिको विज्ञप्ति अनुसार, जिल्ला अधिवेशन हुन बाँकी रहेका मधेस प्रदेशका ८ जिल्लाः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सासहित सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको जिल्ला अधिवेशन १३ गतेको सट्टा फागुन १५ गते हुनेगरी कार्यतालिका संशोधन गरिएको छ।
साथै समितिले बाकी अन्य जिल्लाको महासमिति सदस्य, नगरपालिका वा वडा अधिवेशन फागुन १० गतेभित्र गरिसक्ने कार्यतालिका यथावत कायम रहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय