एमसीसीका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा यस बिषयमा छलफल भएको र शुक्रबार बिहान १० बजे बस्ने गठबन्धनको बैठकले आवश्यक निर्णय गर्ने सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनले फाल्गुन १६ गते सम्ममा एमसीसी निष्कर्षमा पुग्ने दावी गरे। दलहरुका बीचमा एमसीसीका बारेमा हरेक कोणबाट छलफल भएको र कुनै ठोस निष्कर्ष निस्कन नसकेको उनले बताए । उनले एमसीसी सदनबाटै टुङ्गो लाग्ने दावी गरे ।
बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय