हिमाल दैनिक
आज नै संसदमा एमसीसी टेबल हुन्छ: मन्त्री कार्की (भिडियो)
gyanendra-karki
सञ्चार तथा सूचना, प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले आज नै एमसीसी संसद्‍मा टेबल हुने जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि संचारमन्त्री कार्कीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको जानकारी दिएका हुन् । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएको उनले बताए । उनले अब एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसद्‍बाटै प्रष्ट हुने पनि बताए । सरकारले अविछिन्न उत्तराधिकारी संस्थाको रुपमा एमसीसी टेबल गर्न लागेको उनको भनाई छ । गठबन्धनमा भएका दलमध्ये प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेस एमसीसी संसद्‍मा पेश गरेर तत्काल पारित गर्नुपर्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा भने एमसीसीलाई संशोधन गरेर पारित गर्ने पक्षमा छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update