हिमाल दैनिक
देशभित्र र बाहिरबाट बढ्दै गएको विरोध र समर्थनको बाबजूद अन्ततः सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकन सहयोग सम्झौता एमसीसी प्रस्ताव सदनमा पेश गर्ने कार्यसूचि तय गरेका छन्। सत्ता गठबन्धनका नेताहरुबीच आइतबार बिहान भएको सहमति पश्चात संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात यसअघि तय गरेको दैनिक कार्यसूचि परिमार्जन गर्दै एमसीसी प्रस्ताव सदनमा पेश गर्ने कार्यतालिका तय गरेका हुन्। भर्खरै संसद सचिवालयले जारी गरेको दैनिक कार्यसूचिको तेस्रो बुँदामा एमसीसी प्रस्ताव सदनमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने बताइएको छ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update