हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले विभिन्न कारण देखाउँदै अमेरिकी सहयोग सम्झौता (एमसीसी) सम्बन्धी प्रस्ताव संसदमा पेश गर्ने निर्णयप्रति कार्यव्यवस्था परामर्श समितिको बैठकमा लिखित असहमति जनाएका छन्। माओवादी नेता देवप्रसाद गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावका कतिपय विषयमा सडक र सदनमा विरोध रहेपनि परिमार्जनको कुनै सुनिश्चितता नगरी राष्ट्रिय सहमती गरेर सदन नखुलेको अवस्थामा प्रस्ताव पेश गर्ने विषयमा आफूहरुलेका असहमति रहेको जनाएका छन्। तर, आइतबार बिहान सत्ता गठबन्धनका नेताहरुबीच भएको बालुवाटार बैठकमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीच प्रस्ताव अघि बढाउने विषयमा सहमति भएको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएका थिए।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update