विगत लामो समयदेखि सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउादै सदनमा निरन्तर अवरोध गर्दै आएको नेकपा एमालेले आइतबार उक्त अवरोधको प्रक्रियालाई संसदीय अभ्यासमा नयाँ चरणमा प्रवेश गराएको छ।
आफैँले पेश गरेको वार्षिक बजेट समेत पारित गर्न नदिएर विरोधमा उत्रिएको एमालेले आइतबार अमेरिकी विकास अनुदान सम्झौता (एमसीसी) प्रस्ताव सदनमा पेश गर्ने कार्यसूचि सभामुखले राखेपछि एमालेका सदस्यहरुले नारावाजी गर्दैगरेको अवस्थामा उक्त पार्टीका सांसद भीमबहादुर रावलले समय लिएर बोले।
सदनमा अवरोध गर्दैआएको अवस्थामा विपक्षी दलका नेता रावलले बोल्दा भने एमाले सांसदले नारावाजी गरेनन्।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय