हिमाल दैनिक
नो चेन्ज, नो एमसीसी: नेता खनाल
jhalnath-khanal
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । सो क्रममा एमसीसीलाई यथावस्थामा पारित गर्न नहुनेमा एकमत रहेको समाजवादीका नेता झलनाथ खनालले बताए। उनले संशोधनबिना एमसीसी स्वीकार्य नहुने र यसमा माओवादी र समाजवादीको एकै धारणा रहेको जिकिर गरे । त्यस्तै माओवादी नेता देव गुरुङले अहिलेको अवस्थामा एमसीसीका बारेमा सदनमा छलफल गर्ने अवस्था नरहेको बताए । सदन अवरुद्ध भएकाले छलफल गर्न चूनौति देखिएकाले सदनलाई सूचारु गर्ने वातावरण बनाएर नै छलफल गर्नुपर्ने उनको भनाई छ । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । जसपाभित्र पनि एमसीसीका बारेमा मतभेद छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update