हिमाल दैनिक
बहुचर्चित अमेरिकी विकास सहयोग सम्झौता (एमसीसी) प्रस्तावमाथि प्रतिनिधि सभामा आजदेखि सामान्य छलफल सुरु हुने भएको छ। सदनदेखि सडकसम्म एमसीसीको विरोधमा आवाजहरु उठिरहेकै बेला पूर्ववर्ती सरकारको पालामा भएको सहमति र प्रस्ताव अनुरुप हालै सरकारले सदनमा पेश गरेको प्रस्तावमाथि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आजदेखि सुरु हुने छलफलमा भाग लिन चाहने सदस्यहरुलाई ५ मिनेटका दरले बोल्न समय दिने निर्णय गरेका छन्। एमसीसीको पक्षमा रहेको एमाले भने छलफलमा भाग नलिएर आफूले विगतदेखि उठाउँदै आएका मुद्दा सम्बोधन नहुँदासम्म सदनमा चालु गर्दै आएको विरोध र नारावाजीलाई कायमै राख्ने रणनीतिमा अडिग रहेको छ। उता सत्तामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र भने एमसीसीको विषयले गम्भीर संकट निम्त्याएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update