हिमाल दैनिक
संसद बैठक सूचना टाँसगरी शुक्रबारसम्मका लागि स्थगित, एमसीसीमाथिको बहस सुरु हुनै पाएन
274469214_751105959138189_211776337752616897_n
सत्तारुढ दलहरुभित्रैको आन्तरिक किचोलोका कारण बहुचर्चित अमेरिकी सहयोग सम्झौता (एमसीसी) प्रस्तावमाथि प्रतिनिधि सभामा आजका लागि हुने भनिएको छलफल अन्तिम समयमा आएर स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजदेखि सुरु हुने एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा बोल्न चाहने सबैलाई ५ मिनेटका दरले समय दिने भनिएको भएपनि अन्तिम समयमा सूचना प्रकाशित गर्दै आजको बैठक शुक्रबारका लागि सारिएको छ। नेकपा एमालेका सांसद भीमबहादुर रावलले दिएको जानकारी अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख सापकोटाले आजको बैठक शुक्रबार अपरान्हसम्मका लागि स्थगित गरिएको छ। एमसीसी प्रस्ताव सदनमा पेश गर्न सहमति जनाएको सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रस्तावमाथि छलफल र अनुमोदनको लागि सहमत नभएपछि सरकारसामू एमसीसी प्रस्ताव निल्नु न ओकेल्नुको अवस्थामा पुगेको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update