हिमाल दैनिक
प्रम देउवा बाहिरिन नपाउँदै ओलीलाई भेट्न दाहालसहितका नेता संसद भवनमा
FMW_KavaMAUvBDM
प्रधानमन्त्री शेरबहादुर देउवासँग झण्डै साढे २ घण्टा सामूहिक र एक्लाएक्लै वार्ता सकिए लगत्तै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता सुरु गरेका छन्। विशेष गरी अमेरिकी सहयोग अनुदान सम्झौता एमसीसी प्रस्तावमा देउवाले साथ दिन गरेको आग्रहमा पूर्ववत् सर्तहरु अघि सारेर छलफलको क्रममा रहेका ओलीले देउवालाई आजै साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि आउने भन्दै पठाएको केही समयमै माओवादी अध्यक्ष दाहालसँग छलफल सुरु गरेका हुन्। आफ्नो पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङसहित संसद भवन नयाँवानेश्वरमा पुगेका दाहालले अहिले एमाले अध्यक्ष ओली, नेताहरु ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङलाई साथ लिएर वार्ता गरिरहेका छन्। दुई दलबीच भएको छलफलको विषयवस्तुबारे भने कुनै जानकारी बाहिर ल्याइएको छैन।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update