हिमाल दैनिक
एमालेको अवरोधकाबीच एमसीसी प्रस्तामाथि सदनमा छलफल सुरु
dev-gurung
बहुचर्चित अमेरिकी सहयोग सम्झौता (एमसीसी) प्रस्ताव पारित गर्ने तयारीका साथ आइतबार दुई घण्टा ढिलोगरी सुरु भएको प्रतिनिधि सभाको बैठकमा विपक्षी नेकपा एमालेले अवरोध जारी राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु गर्नासाथ एमालेका सदस्यहरु भागदौड गर्दै नारावाजीसाथ वेल घेर्न पुगेका थिए। सभामुखले सदन अवरोध नगर्न गरेको आग्रहलाई एमाले सदस्यहरुले वेवास्ता गरेपछि सभामुखले सदनको कारबाही अघि बढाए। त्यसपछि सभामुख सापकोटले कार्यसूचिमा उल्लेखित कार्यक्रम अनुसार, अर्थमन्त्री जनार्दन शर्मालाई एमसीसी प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा राख्न समय दिए। फागुन ८ गते प्रस्ताव सदनमा पेश गर्न पर्छ भनि बहाना बनाएर सदनबाट भागेका अर्थमन्त्री शर्माले आज भने सत्ता गठबनधनबीच भएको व्याख्यात्मक टिप्पणी अनुसार प्रस्ताव पेश गरे। अहिले एमसीसी प्रस्तावमाथि सामान्य छलफलको प्रक्रिया सुरु भएको छ। जसमा माओवादीका नेता देव गुरुङले बोलिरहेका छन्।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update