हिमाल दैनिक
एमालेको अवरोधबीचमै भीम रावलले गरे एमसीसीको विरोध(भिडियो)
bhim-rawal
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्णय र अवरोधका बाबजूद एमाले नेता भीमबहादुर रावलले संसदको कारबाहीमा सहभागी भएर पार्टी अनुशासन विपरित उभिएका छन्। आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको अमेरिकी सहयोग सम्झौता एमसीसी प्रस्तावमाथिको छलफल प्रक्रियामा एमाले सांसदहरुले अवरोध गरिरहेकै बेला रावलले छलफलमा भाग लिँदै एमसीसी सम्झौताका कतिपय राष्ट्रहित विपरितका प्रावधानहरुप्रति आपत्ति प्रकट गर्दै एमसीसीको विपक्षमा आफ्नो धारणा राखे। आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपाल विकास समिति ऐन २०१३ बमोजिम एमसीसी सम्झौता कार्यान्वयनका लागि गठन गरिएको एमसीए नेपाल विकास समिति सरकारको मातहत बाहिर एमसीसीको अण्डरमा जानेदेखि उक्त सम्झौतामा नेपाल अमेरिकी सुरक्षा रणनीतिको अंग बन्ने कुरा स्वीकार्य नहुने दाबी गरे। साथै उनले नेपाललाई अमेरिकी सुरक्षा छाताभित्र राखेर समानान्तर सरकार चलाउने कुरा नेपालको हितमा नहुने भन्दै प्रस्तावको विपक्षमा मतदान गर्न सबैलाई आग्रह गरे।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update