हिमाल दैनिक
संसदले गर्ने सबै निर्णय सधैँ ठिक हुँदैनन, एमसीसी हतारमा पारित नगरौँः लिङदेन
rajendra-lingden (2)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले बाहिर सडकमा जनता विरोधमा उत्रिरहँदा काँडेतार लगाइएको र संसदभित्र सबैभन्दा ठूलो दल सदनमा नाराजुलुस गरिरहँदा यस्तो समयमा एमसीसी प्रस्ताव सदनमा छलफलका लागि पेश गरिएको बताए। संसदमा जारी सामान्य छलफलमा भाग लिँदै उनले यो प्रस्ताव आर्थिक सहयोगको विषय मात्रै नभएको भन्दै यथास्थितिमा थाति राखेर राष्ट्रिय सहमति कायम गरेपछि मात्रै निर्णयमा पुग्न सुझाव दिए। साथै उनले संसदले गरेका सबै निर्णय ठिक नहुने उदाहरण देशकै महाकाली सन्धी र सिक्किमको संसदले गरेको निर्णय हेरेर पनि यो एमसीसीका विषयमा सबै जनताले थाहा पाउने र आश्वस्थ हुन पाउने वातावरणमा पारित गर्न नहुने उनले बताए। विगतमा नेपालले अनेक देशबाट आर्थिक सहायता लिएको र भविश्यमा पनि लिने भएपनि एमसीसी सम्झौतालाई मात्रै किन सदनले पारित गर्नु पर्यो भनि प्रश्न उठिरहेको भन्दै सत्ता गठबन्धनमा रहेका दलहरुले निकालेको व्याख्यात्मक टिप्पणीमाथि कटाक्ष गरे। उनले सदनभित्र गरिएको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन भन्ने प्रश्न गर्दै जनतालाई भ्रममा पार्ने काम बन्द गर्न माग गरे। साथै उनले वैदेशिक सम्बन्धलाई सत्ता चढ्ने भर्याङ अथवा सत्तामा टाँसिरहने लिसोका रुपमा प्रयोग नगर्न भन्दै युक्रेनको घटनाबाट पाठ सिक्न पनि सुझाए।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update