हिमाल दैनिक
बहुचर्चित अमेरिकी विकास सहयोग अनुदान सम्झौता (एमसीसी) प्रस्ताव आजै संसदको दोस्रो बैठकबाट अनुमोदन हुने भएको छ। सत्तारुढ दलबीच भएको सहमति अनुसार, सभामुख अग्निप्रसाद सापकोटाले आजको पहिलो बैठकमा सामान्य छलफल पश्चात सदनको बहुमतले पारित गरेको छलफल गरियोस भन्ने प्रस्ताव लगत्तै साँझ साढे सातबजेपछि बस्ने बैठकले एमसीसीका प्रावधानमाथि छलफल गर्ने बताइएको छ। संसद सचिवालयले तय गरेको दोस्रो बैठकको कार्यसूचिमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव राखेपछि केही समय दलीय आधारमा छलफल हुनेछ। त्यसपछि आजैको बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने छ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update