हिमाल दैनिक
एमसीसी प्रस्तावको व्याख्यात्मक टिप्पणीसहित संसदमा छलफलका लागि पेश
274803869_237323958599066_6913257237637572532_n
बहुचर्चित अमेरिकी सहयोग सम्झौता (एमसीसी) प्रस्ताव पारित गर्ने तयारीका साथ प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ। साँझ साढे ६ बजेका लागि तय गरिएको बैठक एक घण्टा ढिलोगरी बसेको हो। सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु गर्नासाथ सदाझै नेकपा एमालेका सदस्यहरुले वेल घेर्दै नारावाजी सुरु गरेका छन्। त्यसका बाबजूद सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई एमसीसीको प्रस्तावलाई सदनमा छलफलका लागि प्रस्तुत गर्न समय दिए। सभामुखले समय दिएपछि एमालेको नारावाजीबीच नै सत्तासाझेदार दलहरुको सहमतिमा सरकारको मन्त्रिपरिषदले आजको बैठकबाट पारित गरेको व्याख्यात्मक टिप्पणीलाई मन्त्री शर्मा बाचन गरे। यसअघि सरकारले एमसीसी प्रस्ताव सदनमा छलफलका लागि पेश गर्ने तयारी गर्दा विरामी भएको बहानामा सदनमा मन्त्री शर्मा अनुपस्थित रहेका थिए।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update