हिमाल दैनिक
नेपाललाई शान्ति क्षेत्र घोषणा गरौँ र नेपाल बचाउँः माओवादी नेता कार्की
SURENDRA-KUMAR-KARKI
सत्तारुढ नेकपा माओवादीका सांसद सुरेन्द्रकुमार कार्की नेपालको अस्मिता बचाइराख्न नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेका छन्। सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा कार्कीले भने, हामीले सुनेका थियौँ, सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ। तर, आज प्रतिपक्ष सदनमा वेल घेरेर बसिरहेको अवस्थामा यति महत्वपूर्ण विषय अगाडि बढाउँदा यसको इतिहासले मूल्यांकन गर्नेछ। आजको दिनमा हामीले जुन व्याख्यात्मक टिप्पणी तयार पारेका छौँ त्यसलाई अमेरिकाले मान्यता दिन्छ कि दिँदैन? यदि मानेन र लागू गरेन भने त्यो माइट इज राइटको एनिमल किङडममा जाने छ। साथै उनले नेपालले पठाएको व्याख्यात्मक टिप्पणीको विषयमा समानान्तर रुपमा जवाफ पठाएर सम्मानका साथ लागू गर्न तयार हुनु पर्ने बताए। उनले अहिलेको विश्व विगतको भन्दा फरक ढंगले ध्रुविकरण भइरहेको अवस्थामा चलिरहेको शीतयुद्धमा नेपाललाई आफ्नो सार्वभौमसत्ता बचाइराख्न पनि नेपालालाई शान्ति क्षेत्र घोषणा गर्न संसदले १९७५ को जस्तै प्रस्ताव अघि बढाउनु पर्छ भने। तत्कालिन राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्दा विश्वका करिब ११५ राष्ट्रहरुले समर्थन जनाएका थिए।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update