हिमाल दैनिक
एमसीसीको व्याख्यात्मक टिप्पणी होइन, भ्रमात्मक टिप्पणी संविधान विपरित छः रावल
bhim-rawal-1
नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टीको निर्णय र कदम विपरित सदनको कारबाहीमा सहभागी हुँदै एमसीसी प्रस्तावको चर्को विरोध गरे। सरकारले अनुमोदनका लागि संसदको आइतबार साँझ पेश गरेको एमसीसी प्रस्तावमाथि एमाले सांसदले अवरोध कायमै राखिरहेको बेला रावलले सहभागी हुँदै नेपाली संविधान र जनताको स्वाभिमानलाई लत्याएर छलफलका लागि पेश गरेको बताए। उनले सरकारले पेश गरेको व्याख्यात्मक टिप्पणीलाई व्याख्यात्मक टिप्पणी नभई भ्रमात्मक टिप्पणीमार्फत जनतालाई ठग्ने कार्य भएको भन्दै यो सरकारले इतिहासमा कलंकको रुपमा रहने दाबी गरे। उनले आफूलाई आधा घण्टा समय लिएर एमसीसीका प्रावधानबारे बहसमा आउन चुनौति पनि दिए। राष्ट्रियताको सवालसँग जोडिएको गम्भीर विषयलाई हतारमा संविधान मिचेर संसदको प्रक्रियागत प्रावधान मिचेर विगतमा महाकाली सन्धीको समयमा पास गरेको संकल्प प्रस्ताव जस्तै एमसीसीको व्याख्यात्मक टिप्पणी ल्याएर राष्ट्रघात गरेको आरोप लगाए।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update