हिमाल दैनिक
एमसीसी प्रस्ताव ध्वनिमतले पारित
samsad-mcc-parit
सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको एमसीसी प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिएपछि सभामुखले उक्त प्रस्ताव अनुमोदनका लागि समय दिए। अर्थमन्त्री शर्माले संविधानको संविधानको २७९ र संसदको नियमावलीको व्यवस्था बमोजिम एमसीसी प्रस्तावसँगै संसदमा पेश भएको व्याख्यात्मक घोषणा अनुमोदनका लागि प्रस्ताव राखे। त्यसपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्दा सरकारमा रहेका दलका बहुमत सदस्यहरुले समर्थन गरेपछि ध्वनिमतले पारित गरेको घोषणा गरे। यसरी प्रस्ताव पेश गर्दा संसदको कारबाहीमा अवरोध गर्दै आएका एमालेका सदस्यहरुमध्ये भीमबहादुर रावल बाहेक सबैले नारावाजी लगाइरहेका थिए।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update