हिमाल दैनिक
बहुचर्चित अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) हालै नेपालको संसदबाट व्याख्यातमक टिप्पणीसहित अनुमोदन गरेको अनुदान सम्झौतालई स्वीकार गरेको छ। एमसीसी मुख्यालयले वासिङ्गटनबाट मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको संसदले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको निर्णयलाई मान्यता दिएको जनाएको छ। कतिपय सत्तारुढ दलकै नेताहरुले एमसीसी प्रस्तावमाथिको छलफलका क्रममा सत्तारुढ दलका नेताहरुको सहमतिमा एकतर्फी रुपमा तयार पारिएको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाको एमसीसी मुख्यालयले मान्यता नदिने दाबी गर्दै यो केबल जनता झुक्याउने राजनीतिक फण्डा मात्रै भएको आरोप लगाउँदै विरोध जनाएका थिए। तर, एमसीसी मुख्यालयले अमेरिकी सहयोग निकाय एमसीसी र नेपाल सरकारबीच सन २०१७ मा भएको ५० करोड अमेरिक डलर अनुदान सम्झौता अनुमोदन गर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक मुलुक नेपाल र यसको सरकारलाई भएको उल्लेख गरेको छ। साथै एमससीले संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै यसले आगामी ५ वर्षभित्र परियोजना कार्यान्वयनका लागि थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ। एमसीसीले नेपाल सरकारको निर्णयलाई स्वीकार गर्दै विज्ञप्ति जारी गरेलगत्तै मंगलबार राती अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलियmोनमार्फत खुशी व्यक्त गरेका थिए। साथै ब्लिंकनले देउवासँग दुई देशबीचको दशकौं पुरानो मित्रतालाई अझ बलियो बनाउने कुरामा छलफल गर्नुका साथै हालै रसियाले युक्रेनमाथि गरेको सैन्य हमलाको विरुद्धमा नेपालको साथ खोजेका थिए। जसमा देउवाले नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र युक्रेनको पक्षमा उभिएको जानकारी दिएका थिए। जसको प्रमाण नेपालले संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा र रसियाको विपक्षमा मत दिएर दिइसकेको छ। https://www.mcc.gov/news-and-events/release/stmt-030122-nepal-compact-ratification
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update